images
images
  • उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो बैठक, सरकारविरुद्ध प्रतिवादको तयारी

    काठमाडौं– नेकपा (एमाले)ले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ ।

    एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

    त्यसपछि साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा सचिवालय बैठक आयोजना गरिएको एमालेले जनाएको छ ।

    हिजो सुर्खेतबाट उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।

    उनको पक्राउविरुद्ध एमालेले खरो प्रतिवाद गर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images