images
images
  • अल्जेरियासँग हार्दै जोर्डन विश्वकपबाट बाहिरियो, अर्जेन्टिना समूह विजेता

    काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियासँग २–१ ले पराजित भएपछि नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ ।

    जोर्डनले निजार अल रशदानको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

    अल्जेरियाका नाधीर बेनबोउली र अमाइन गौइरीले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए ।

    जितसँगै अल्जेरियाले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने जोर्डन अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    समूहमा ६ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images