images
images
  • रास्वपा महाधिवेशनमा प्रहरी अधिकारीको दबदबा, दिए पदाधिकारीमा उम्मेदवारी

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वअधिकारीहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।

    एआईजीदेखि असईसम्मका ९ जना पूर्वप्रहरी नेताहरू केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

    पूर्वएआईजी विश्वराज पोखरेल, पूर्वडीआईजी विदुर खड्का र दुर्गाप्रसाद भट्टराई, पूर्वएसएसपीहरू विश्वेश्वर थापा, विक्रमसिंह थापा र जीवनकुमार श्रेष्ठ, पूर्वडीएसपी गोविन्द पन्थी, पूर्ववरिष्ठ सई शम्भुप्रसाद ढकाल तथा पूर्वअसई तथा सांसद टेकबहादुर शाक्य केन्द्रीय सदस्यका दाबेदार बनेका छन् ।

    उच्च पदमा रहेर सेवा गरेका भए पनि महाधिवेशनमा उनीहरू सबै समान रूपमा केन्द्रीय सदस्य पदका लागि प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images