काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतसम्बन्धी अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो ।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको जनाइएको छ ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























