काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आजका लागि स्थगित गरिएको छ ।
महाधिवेशन प्रतिनिधि थपघट तथा मधेश प्रदेशमा देखिएको विवादका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।
पार्टी स्रोतका अनुसार विवादित विषयहरू टुंगो लगाउन आवश्यक गृहकार्य गर्ने उद्देश्यले आजका कार्यक्रम स्थगित गरिएको हो ।
बन्द सत्रमा सहभागी हुन बिहानैदेखि पुगेका महाधिवेशन प्रतिनिधिहरू दिनभर प्रतीक्षामा बसे पनि अन्तिम समयमा कार्यक्रम स्थगित भएपछि फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्























