images
images
  • पासपोर्ट खरिद प्रकरण : १० अर्बभन्दा बढी बिगो दाबी, महानिर्देशक अर्यालसहित १८ विरुद्ध मुद्दा

    काठमाडौं– राहदानी विभागको पासपोर्ट खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक तिर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ ।

    अख्तियारले सो प्रकरणमा करिब १० अर्ब १३ करोड ४ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

    प्रतिवादीमध्ये १० जना सरकारी कर्मचारी, दुई कम्पनीका चार विदेशी नागरिक र नेपाली प्रतिनिधिहरू रहेका छन् ।

    अख्तियारको टोली मुद्दाको फाइलसहित विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    यसैबीच, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सोधपुछका लागि बोलाइएको भए पनि उनलाई प्रतिवादी बनाइएको छैन ।

    पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि यस प्रकरणमा बयान लिइएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images