images
images
  • रास्वपालाई लडाउने यो युगसँग तागत छैन : रवि लामिछाने

    काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाह्य शक्तिले नभई आन्तरिक कमजोरीले मात्र कमजोर बनाउन सक्ने बताएका छन् ।

    चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गुट–उपगुटको राजनीतिबाट टाढा रहन आग्रह गरे ।

    उनले रास्वपा आफ्नै कमजोरीका कारण मात्र लड्न सक्ने उल्लेख गर्दै गुटबन्दीले पार्टीलाई दीर्घकालीन क्षति पुर्‍याउने चेतावनी दिए ।

    विगतका दलहरूको अनुभवबाट सिकेर एकताबद्ध रूपमा अघि बढे रास्वपालाई कुनै बाह्य शक्तिले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images