काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले विगतमा सरकारी रकम दोहन वा अनियमिततामा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् ।
रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आवश्यक परे अख्तियारसँग पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि परामर्श गरेर काम गर्न तयार रहेको बताए ।
उनले सरकार नियम–कानूनको दायराभित्र रहेर अघि बढ्ने र कुनै पनि अनियमिततामा कारबाही हुने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्























