images
images
  • वरिष्ठमा बालेन, सभापतिमा रवि फिक्स, अन्य पदाधिकारीमा प्रतिस्पर्धा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ ।

    तीन दिने महाधिवेशनले नीति तथा नेतृत्व चयन गर्नेछ ।

    महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र एक उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध चयन हुने लगभग निश्चित देखिएको छ ।

    पार्टीभित्र उनीहरूलाई शीर्ष नेतृत्वमा निरन्तरता दिने सहमति बनेको बताइन्छ ।

    संशोधित विधानअनुसार रास्वपामा एक महिलासहित तीन उपसभापति रहने व्यवस्था छ ।

    बाँकी दुई पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

    खुला उपसभापति पदमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुमन लम्साल र परराष्ट्रमन्त्री शिशिर खनाल आकांक्षी छन् ।

    प्रधानमन्त्रीका सल्लाहकार असिम साह पनि यो दौडमा रहेको स्रोतले जनाएको छ ।

    महिला उपसभापति पदमा भने प्रतिस्पर्धा अझ तीव्र छ ।

    सहमहामन्त्री प्रतिभा रावल, कोषाध्यक्ष लीमा अधिकारी, कानुनमन्त्री सोविता गौतम तथा पूर्व विवेकशील साझा अध्यक्ष समीक्षा बाँस्कोटा आकांक्षी छन् ।

    यद्यपि, सबै पदमा सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास पार्टीभित्र भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images