images
images
  • बालेनको दुवै हातमा लड्डू : न प्रम बन्न गाह्रो न वरिष्ठ नेता, दुवै पद सित्तैमा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘वरिष्ठ नेता’ पदलाई वैधानिकता दिए पनि यसका लागि चुनाव नहुने व्यवस्था गरेको छ ।

    यो पदमार्फत काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहलाई पार्टीमा समेट्ने उद्देश्य राखिएको हो ।

    फागुन २१ को चुनावअघि विधानमा नभएको यो पदलाई पहिलो महाधिवेशनअघि संशोधनमार्फत समावेश गरिएको हो, जसलाई महाधिवेशनले अझै अनुमोदन गर्न बाँकी छ ।

    पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरूङका अनुसार वरिष्ठ नेता पदमा निर्वाचन नहुने भएकाले यस पदमा रहने व्यक्ति स्वतः केन्द्रीय सदस्य पनि हुनेछन् ।

    चितवनको भरतपुरमा सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा अधिकांश पदका लागि चुनाव हुने भए पनि वरिष्ठ नेताको पद भने अपवाद रहनेछ ।

    विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय र पदाधिकारी १९ सदस्यीय बनाइएको छ ।

    महाधिवेशनपछि सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ, त्यसपछि पदाधिकारी चयन गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images