images
images
  • २१ जनालाई रास्वपाले स्वतः केन्द्रीय सदस्य मनोनीत गर्दै

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक २१ नेतालाई स्वतः केन्द्रीय सदस्य बनाउने विषयमा महाधिवेशनमा छलफल भएको छ ।

    यद्यपि यसबारे अन्तिम निर्णय भने भइसकेको छैन ।

    पार्टीका एक नेताका अनुसार संस्थापक केन्द्रीय सदस्यहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्न नपर्ने प्रस्तावमा छलफल भएको हो ।

    रास्वपाका सभापति रवि लामिछानेले यस विषयमा आवश्यक विवेक पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

    रास्वपाको विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ ।

    पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा सुरु भएको छ, जुन असार ९ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images