images
images
  • बाजुरामा बस दुर्घटना : २१ जना घाइते, १९ को अवस्था गम्भीर 

    काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

    प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार बस अनियन्त्रित भई सडकबाट दुर्घटनामा परेको थियो ।

    दुर्घटनालगत्तै प्रहरी, स्थानीयवासी र स्वास्थ्यकर्मीको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो ।

    दुर्घटनामा घाइते भएका २१ जनामध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

    अन्य दुई जनाको अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images