चितवन– चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका लागि बनाइएका स्वागत गेटमा अड्किएका पाँच भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।
कुरिनटारस्थित बाह्रसिङ्गे बियरका सामग्री बोकेर आएका ती ट्रकहरू शनिबार टिकौली क्षेत्रमा स्वागत गेटको उचाइ कम भएकाले निपनीमा रातभर रोकिएका थिए ।
सुरुमा ट्रकलाई केही दिन रोक्ने तयारी भए पनि आइतबार बिहान स्वयंसेवक र प्रहरीको समन्वयमा गेट हटाई ट्रक पार गराइएको थियो ।
ट्रकहरू गन्तव्यतर्फ पठाएपछि स्वागत गेट पुनः यथास्थानमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्























