images
images
  • जनतामा निराशा र भ्रम सिर्जना नगरौँ : प्रचण्ड

    काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रैबाट जनतामा निराशा फैलाउने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।

    शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने गरी निराशाको राजनीति नगर्न नेताहरूलाई आग्रह गरे ।

    उनले कम्युनिस्ट आन्दोलनले विगतमा अनेक उतारचढाव सामना गर्दै सफलता हासिल गरेको स्मरण गराउँदै आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए ।

    प्रचण्डको भनाइलाई वरिष्ठ नेता झलनाथ खनालले हालै बुझाएको ३६ बुँदे असन्तुष्टिपत्रप्रति लक्षित टिप्पणीका रूपमा हेरिएको छ ।

    खनालले नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठनमा असफल भएको आरोप लगाउँदै अन्तरिम विधानको समेत आलोचना गरेका थिए ।

    त्यसको पृष्ठभूमिमा प्रचण्डले पार्टीभित्र निराशा र भ्रम फैलाउने गतिविधिबाट सचेत रहन आग्रह गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images