काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टी अध्यक्ष सीके राउत र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सहभागी हुने भएका छन् ।
चितवनमा आइतबार हुने उद्घाटन सत्रमा उनीहरूको सहभागिता निश्चित भएको रास्वपाका महामन्त्री भूवदेव शाहले जानकारी दिएका छन् ।
उनका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलहरू र राजनीतिक परिवर्तनमा योगदान गरेका केही नेताहरूलाई निमन्त्रणा गरिएको हो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहभागिता भने अझै टुंगो लाग्न बाँकी छ ।
स्वास्थ्य अवस्थाका कारण चिकित्सकसँग परामर्शपछि मात्र निर्णय हुने उनको सचिवालयले जनाएको छ ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन् ।
केही मित्र राष्ट्रहरूबाट शुभकामना आए पनि सहभागिताका लागि औपचारिक निमन्त्रणा नगरिएको बताइएको छ ।
असार ७ देखि ९ गतेसम्म महाधिवेशन सञ्चालन हुनेछ ।























