images
images
  • कब्जा गरेको लेबनानी भूमिबाट इजरायली सेना फिर्ता नहुने, इरान–अमेरिका वार्ता भाँड्न नेतान्याहु उद्धत

    काठमाडौं– अमेरिका–इरानबीचको शान्ति सम्झौतामा लेबनान मोर्चामा पनि सैन्य तनाव घटाउने सहमति भए पनि इजरायलले दक्षिणी लेबनानबाट सेना फिर्ता नगर्ने स्पष्ट पारेको छ ।

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उत्तरी इजरायलको सुरक्षा सुनिश्चित गर्न दक्षिणी लेबनानमा सुरक्षा क्षेत्र आवश्यक रहेको भन्दै त्यहाँबाट सेना नहटाइने बताएका छन् ।

    इजरायली सेनाले पनि नयाँ तैनाथी नक्सा सार्वजनिक गर्दै तत्काल फिर्ताको कुनै योजना नभएको जनाएको छ ।

    सीमा क्षेत्रमा करिब १० किलोमिटर भित्रसम्म सुरक्षा घेरा कायम राखिएको बताइएको छ ।

    सेनाले उक्त क्षेत्र इजरायली नागरिक र सीमावर्ती बस्तीहरूको सुरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ ।

    साथै लेबनानको सरकारी सेनालाई समन्वयबिना उक्त क्षेत्रमा प्रवेश नगर्न चेतावनी पनि दिएको छ ।

    अमेरिका–इरानबीचको सम्झौतामा विभिन्न मोर्चामा युद्धविरामको कुरा भए पनि इजरायलको पछिल्लो निर्णयले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images