वासिङ्टन डिसी– अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता भएपछि अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी हटाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा नाकाबन्दी अन्त्य गरिएको जनाएको छ ।
इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले सम्झौतामा केही असहमति भए पनि राष्ट्रिय हितका लागि अनुमोदन गरेको बताएका छन् ।
सम्झौताअनुसार स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आउने, इरानले आणविक हतियार नबनाउने तथा पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गरिनेछ ।
सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा हुने तय भए पनि डिजिटल माध्यमबाट हस्ताक्षर भइसकेकाले समारोह रद्द गरिएको छ ।
यद्यपि, थप प्राविधिक छलफलका लागि दुवै देशका प्रतिनिधि स्विट्जरल्यान्डमा भेट्नेछन् ।
सम्झौताप्रति अमेरिकाभित्रै केही रिपब्लिकन नेताहरूले आलोचना गरेका छन् भने उपराष्ट्रपति जेडी भान्सले इरानले सर्त पूरा नगरेसम्म कुनै छुट नपाउने स्पष्ट पारेका छन् ।


विश्व खबर 




















