images
images
  • पुराना दलहरू विभाजन उन्मुख, शीर्ष नेताहरूबीच बेमेल

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा नराम्रो पराजय भोगेपछि प्रमुख विपक्षी दलहरू आन्तरिक विवादमा फसेका छन् ।

    नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राप्रपासहितका दलहरूमा नेतृत्व, संगठन पुनर्गठन र महाधिवेशनलाई लिएर विवाद चुलिएको हो ।

    नेकपामा वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालविरुद्ध ३६ बुँदे आरोपपत्र बुझाउँदै नेतृत्व परिवर्तनको माग गरेका छन् ।

    निर्वाचनमा अपेक्षित परिणाम नआएपछि पार्टीभित्र प्रचण्ड–नेपालमाथि दबाब बढेको छ ।

    कांग्रेसमा गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको वर्तमान कार्यसमिति र शेरबहादुर देउवा पक्षबीच महाधिवेशन, क्रियाशील सदस्यता अध्यावधिक तथा संगठन सञ्चालनका विषयमा तीव्र मतभेद देखिएको छ ।

    एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेको छ ।

    निर्वाचनको समीक्षा गर्दै केही शीर्ष नेताले नै पार्टी पुनर्गठनका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।

    ओली भने राजीनामाको पक्षमा देखिएका छैनन् ।

    राप्रपामा धवलशमशेर राणा समूह अलग भइसकेको छ भने विप्लव नेतृत्वको नेकपा माओवादी र प्रगतिशील लोकतान्त्रिक पार्टीमा पनि विभाजन र असन्तुष्टि बढेको छ ।

    सत्ता र शक्ति गुमाएपछि पुराना दलहरू अहिले वैचारिक बहसभन्दा बढी नेतृत्व संघर्ष र आन्तरिक विवादमा अल्झिएका देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images