काठमाडौं– राष्ट्रिय सभाका दुई पद अझै रिक्त रहेका छन् ।
एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने हो भने अर्को पद सुदूरपश्चिमबाट निर्वाचित सदस्य बलदेव बोहराको निधनपछि रिक्त भएको हो ।
मनोनीत सदस्यका लागि तत्कालीन सरकारले गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरे पनि राष्ट्रपति कार्यालयले उक्त सिफारिस हालसम्म होल्डमा राखेको छ ।
यता, बलदेव बोहराको निधनपछि रिक्त भएको पदमा निर्वाचन गराउनुपर्ने भए पनि निर्वाचन आयोगले अहिलेसम्म कार्यतालिका सार्वजनिक गरेको छैन ।
कानुनअनुसार सदस्य पद रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न हुने गरी तालिका तय गर्नुपर्ने व्यवस्था भए पनि आयोगले निर्वाचन प्रक्रिया अझै अघि बढाएको छैन ।
प्रतिक्रिया दिनुहोस्























