images
images
  • संसद्‍मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने, के गर्लान् विपक्षी ?

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहको तर्फबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि संसद्‍मा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिने भएका छन् ।

    रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेटसम्बन्धी प्रश्नको पनि वाग्लेले नै जवाफ दिनेछन् ।

    यसअघि पनि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको सट्टा उनले नै संसद्मा जवाफ दिएका थिए ।

    यद्यपि विपक्षीले यसलाई स्वीकारेका छैनन् ।

    उनीहरूले प्रधानमन्त्री स्वयं संसद्‍मा उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images