काठमाडौं– सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि प्रधानमन्त्रीको तर्फबाट कुनै स्पष्ट जवाफ नआएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले बिहीबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्रीले आफ्नो भनाइबारे अझै संसद्मा स्पष्टिकरण नदिएको आरोप लगाए ।
‘आज १९ दिन भइसक्यो । उहाँले संसद्मा आएर मैले गल्ति गरेँ भन्नुभएको छैन,’ उनले भने ।
जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारतसँगै नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने भन्दै अभिव्यक्ति दिएका थिए ।
उक्त भनाइपछि विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्























