images
images
  • होर्मुजमाथि इरानको पकड कायम, विश्व ऊर्जा बजारमा पुनः जोखिम

    काठमाडौं– अमेरिकी गुप्तचर निकायहरूको मूल्याङ्कनअनुसार इरानले आवश्यक परे पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने क्षमता कायम राखेको छ ।

    स्रोतहरूलाई उद्धृत गर्दै सिएनएनले युद्धपछि पनि इरानले उक्त रणनीतिक जलमार्गमार्फत विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्ने जनाएको छ ।

    प्रतिवेदनमा इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै आफ्नो प्रभाव विस्तार गरेको उल्लेख छ ।

    अमेरिकी गुप्तचर स्रोतका अनुसार होर्मुज जलमार्गमाथिको नियन्त्रण इरानका लागि आणविक हतियारभन्दा पनि प्रभावकारी रणनीतिक साधन बन्न सक्छ ।

    यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा हस्ताक्षर हुन लागेको सम्झौताअन्तर्गत इरानले आणविक हतियार विकास नगर्ने र होर्मुज जलमार्ग खुला राख्नुपर्ने सर्त रहेको बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौताको ढाँचा एक–दुई दिनभित्र सार्वजनिक गर्ने बताएका छन् ।

    सम्झौताको पूर्ण विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images