काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हालै भएको युद्धविराम तथा अन्तरिम सम्झौता उल्लंघन गरे अमेरिका फेरि सैन्य कारबाहीमा उत्रिने चेतावनी दिएका छन् ।
फ्रान्समा पत्रकारहरूसँग कुरा गर्दै उनले सम्झौताको सम्मान गर्न इरानलाई आग्रह गरेका हुन् ।
ट्रम्पले सम्झौताले मध्यपूर्वमा शान्ति स्थापना र तेलको मूल्य घटाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
अमेरिका–इरानबीच भएको सम्झौतामा युद्ध अन्त्य, प्रतिबन्ध खुकुलो बनाउने, स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावत पुनः सञ्चालन गर्ने तथा इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता समेटिएको छ ।
यद्यपि विश्लेषकहरूले सम्झौताले अमेरिकाले युद्धका क्रममा राखेका सबै लक्ष्य पूरा नगरेको टिप्पणी गरेका छन् ।
ट्रम्पले यस क्रममा इजरायललाई पनि संयमता अपनाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















