images
images
  • राहदानी छपाइ बदमासी प्रकरण : हिजो मालिक आज कर्मचारी पक्राउ

    काठमाडौं– राहदानी छपाइमा भएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् ।

    उनीहरूलाई अनुसन्धानका लागि विशेष अदालतबाट ३ दिनको म्याद लिइएको छ ।

    यसअघि असार १ गते अख्तियारले विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई समेत पक्राउ गरेको थियो ।

    अर्याललाई प्रारम्भिक सोधपुछपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अख्तियारको जिम्मा लगाइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images