images
images
  • आकाशिएको सुन–चाँदीको मूल्य लाग्यो आरोलो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु चार हजार ९८० कायम भएको छ ।

    हिजो मंगलबार एक तोला सुनको मोल रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images