काठमाडौं– विश्वकप २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले अमेरिकाभित्र खेल खेलेपछि केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार यो व्यवस्था लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलहरूमा पनि लागू हुनेछ ।
सोमबार न्युजिल्यान्डविरुद्धको खेलपछि इरानी टोली तत्काल आफ्नो बेस क्याम्प रहेको मेक्सिको फर्किएको थियो ।
इरानका प्रशिक्षक अमिर घालेनोईले खेलपछि सामान्य विश्रामको अपेक्षा गरे पनि टोलीलाई तुरुन्तै अमेरिका छाड्न बाध्य पारिएको बताए ।
कप्तान मेहदी तारेमीले लामो यात्रा र कडा सुरक्षा जाँचका कारण खेलाडीहरूलाई पर्याप्त आराम नपुगेको गुनासो गरे ।
यसबीच केही इरानी अधिकारी र सपोर्ट स्टाफलाई सुरक्षा कारण देखाउँदै अमेरिका प्रवेश अनुमति नदिइएको बताइएको छ ।
अमेरिकी पक्षले भने खेलाडीहरूको भिसासम्बन्धी समस्या समाधान गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















