काठमाडौं– एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा आलोचना गर्दै बजेटलाई हावादारी भन्दै टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्रीको व्यवहार र शैलीप्रति आपत्ति जनाउँदै प्रतिपक्षलाई अपमान गर्ने ढंगले प्रस्तुत भएको आरोप लगाए ।
उनले बजेटमा जनताको हित र विकासको स्पष्ट दृष्टि नभएको दाबी गरे ।
महरले अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग समेत गरे ।
साथै, उनले ३५ वर्षका पुराना काण्डहरूको फाइल खोल्न चुनौती दिँदै प्रधानमन्त्रीले समेत बजेटप्रति विश्वास नगरेको जस्तो देखिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















