images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ ।

    सोमबार प्रतितोला रु दुई लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९८ हजार पाँच सय निर्धारण भएको छ ।

    यस्तै, सोमबार प्रतितोला रु पाँच हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९९० निर्धारण भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images