images
images
  • दार्चुलामा अनुमतिविनै भारतीय लडाकु हेलिकोप्टर आइपुग्यो, नेपाली सेना सडक खन्न व्यस्त

    दार्चुला– दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाशमा भारतीय सैनिक हेलिकोप्टरले अनुमतिविना उडान गरेको खुलेको छ ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार जेठ २७ गते बिहान भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी)का प्रमुख शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर छाङरु हुँदै कालापानीतर्फ गएको थियो ।

    सशस्त्र प्रहरीबाट जानकारी प्राप्त भएपछि प्रशासनले गृह मन्त्रालयलाई घटनाबारे जानकारी गराएको जनाएको छ ।

    प्रशासनका अनुसार उक्त उडानका लागि नेपालसँग कुनै अनुमति लिइएको थिएन ।

    घटनाको विस्तृत विवरण सोमबार मन्त्रालयमा पठाइने बताइएको छ ।

    नेपाली सेना भने देशका विभिन्न भू–भागमा सडक खनिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images