काठमाडौं– स्कटल्यान्डले फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा हाइटीलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
अमेरिकाको बोस्टनस्थित रंगशालामा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० गोलको कठिन जित निकालेको हो ।
स्कटल्यान्डका लागि निर्णायक गोल जोन म्याकगिनले खेलको २१औँ मिनेटमा गरेका थिए ।
म्याकगिनको उक्त गोल नै खेलको एकमात्र गोल सावित भयो र स्कटल्यान्डलाई महत्वपूर्ण तीन अंक दिलायो ।
विश्वकप इतिहासमा स्कटल्यान्ड र हाइटीबीच भएको यो पहिलो प्रतिस्पर्धात्मक भेट थियो ।
पहिलो भेटमै स्कटल्यान्डले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गर्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















