काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री फाल्ने अधिकार संसद्सँग रहेको बताएका छन् ।
विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले वेस्टमिन्स्टर प्रणालीअनुसार व्यवस्थापिकाले कार्यपालिकालाई अधिकार दिने र आवश्यकता परे सरकार परिवर्तन गर्न सक्ने स्पष्ट पारे ।
उनले बालेन्द्र शाह ‘बालेन’लाई लक्षित गर्दै यदि प्रधानमन्त्री संसद्बाट सांसदहरूले फेर्न सक्छन् ।
उनले भने, ‘कार्यपालिका वा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही हो, त्यसैले संसद् सार्वभौम छ । मन नपरे सरकार नै फाल्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस्






















