काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा मन्त्रीहरूबीच समन्वय र विश्वासको संकट गहिरिँदै गएको छ ।
मन्त्रालयगत निर्णय प्रक्रियामा हुने सहमति र राय लिने क्रममा संवेदनशील सूचना बाहिरिने ‘लिक’ भएपछि मन्त्रीहरूबीच असन्तुष्टि बढेको छ ।
१८ सदस्यीय मन्त्रिपरिषद् भित्र बालेन र रवि लामिछाने निकट समूहबीच स्पष्ट ध्रुवीकरण देखिएको छ ।
शिक्षा मन्त्रालयको एक नियमावलीको मस्यौदा अर्थ मन्त्रालयमार्फत बाहिरिएपछि निजी क्षेत्र आन्दोलित भएको घटनाले सरकारभित्रको सूचना सुरक्षा कमजोरी उजागर गरेको छ ।
त्यस्तै, अर्थ मन्त्रालयका निर्णयमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप बढेको भन्दै राजनीतिक तनाव पनि चुलिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले राजस्व छलीको आशंकामा विद्युतीय सवारी नियन्त्रणमा लिन भूमिका खेलेपछि अर्थ मन्त्रालय असहज बनेको छ भने विभिन्न निर्णय र विदेश भ्रमणसम्बन्धी सूचनाले पनि सरकारभित्र समन्वय अभाव देखिएको छ ।
समग्रमा, सूचना लिक, आपसी अविश्वास र समन्वयको कमीका कारण सरकारभित्र आन्तरिक तनाव बढ्दै गएको देखिन्छ ।
पछिल्लो चरणमा रास्वपा सरकार गठन भएयता पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीले टेर्दैनन् भने यी दुवैलाई अर्थमन्त्री स्वर्णिम वाग्ले नटेर्ने गरेको खुलासा भएको छ ।
अर्थमन्त्रीले प्रधानमन्त्री र पार्टी सभापति कुनै जानकारी नदिइ सूचना चुहावट गर्ने गरेका छन् ।






















