काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्काले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सम्पत्ति स्रोत र सेयरबारे छानबिन गर्न गठित समितिले एक हप्ता अघि प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले हालसम्म सार्वजनिक नगरेको भन्दै उनले संसदमा प्रश्न उठाएका हुन् ।
समितिको प्रतिवेदन बुझिएपछि गुरुङ पुनः गृहमन्त्री बने पनि प्रतिवेदन गोप्य राखिएको विषयमा संसदमा चासो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्






















