images
images
  • हातहतियारसहित भारतीय एसएसबी नेपाल प्रवेश

    नवलपरासी– पश्चिमनवलपरासीको सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का करिब ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन् ।

    स्थानीयका अनुसार सुरक्षाकर्मी उखुबारी क्षेत्रमा पुगेपछि किसान तथा बासिन्दाले कारण सोध्दै विरोध गरेका थिए ।

    विरोधपछि भारतीय सुरक्षाकर्मी फर्किएका थिए भने केही समय सीमा क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो ।

    सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार भारतीयतर्फको कल्भर्ट भत्किएकाले सुरक्षाकर्मीले अस्थायी रूपमा नेपाली किसानको खेतको आलि प्रयोग गरेका थिए ।

    भारतीय पक्षलाई आफ्नै क्षेत्रको बाटो मर्मत गरी प्रयोग गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

    घटनाबारे स्थानीय प्रशासनले थप जानकारी संकलन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images