काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आधिकारिक रूपमा समाप्त भएको घोषणा गरेका छन् ।
उनका अनुसार अमेरिका र इरानबीच भएको शान्ति समझदारीअन्तर्गत इरानले भविष्यमा आणविक हतियार विकास वा प्राप्त नगर्ने सर्त स्वीकार गरेको छ ।
ट्रम्पले वार्ता सफल भएपछि इरानविरुद्ध योजना बनाइएका सैन्य कारबाही र क्षेप्यास्त्र प्रहार रद्द गरिएको बताएका छन् ।
उनले सम्झौतामा क्षेत्रीय साझेदार राष्ट्रहरूको समेत समर्थन रहेको दाबी गरेका छन् ।
यद्यपि, इरानले भने सम्झौताका धेरै बुँदामा सहमति भए पनि अन्तिम निष्कर्षमा पुगिनसकेको प्रतिक्रिया दिएको छ ।
यसबीच, सम्भावित शान्ति समझदारीको खबरपछि अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य घटेको र सेयर बजारमा सकारात्मक प्रभाव देखिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















