images
images
  • रवि–बालेन गुटको मारामारले रोकियो अधिवेशन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो प्रदेश अधिवेशनमै आन्तरिक विवाद सतहमा आएको छ ।

    नेतृत्व चयनको विषयमा सहमति जुट्न नसक्दा बाग्मती र मधेस प्रदेशको अधिवेशन स्थगित भएको छ भने कोसी प्रदेशमा नेतृत्व चयनपछि असन्तुष्टि चुलिएको छ ।

    कोसी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भए पनि पराजित उम्मेदवार तथा निवर्तमान कार्यवाहक सभापति गोमा तामाङ (सरिन)ले केन्द्रीय नेतृत्वको हस्तक्षेप भएको आरोप लगाउँदै पार्टी परित्याग गरेकी छन् ।

    उनले चुनावमा ‘माथिको ह्विप’ प्रयोग गरेर आफूलाई हराइएको दाबी गरेकी छन् ।

    तामाङ पक्षले महामन्त्री भूपदेव शाहसहित केही केन्द्रीय नेता र सांसदहरू निश्चित उम्मेदवारलाई जिताउन सक्रिय भएको आरोप लगाएको छ ।

    पार्टीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिए पनि कोसीमा प्यानलगत प्रतिस्पर्धा भएको बताइएको छ ।

    यता बाग्मती प्रदेशमा मतदाता नामावली र समायोजन सूचीसम्बन्धी विवादका कारण अधिवेशन रोकिएको छ ।

    मधेस प्रदेशमा भने अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुन नसकेपछि प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    आगामी असार ७ देखि ९ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा रहेको रास्वपाका लागि प्रदेश अधिवेशनमै देखिएको गुटगत विवाद चुनौतीका रूपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images