काठमाडौं– प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यद्यपि बैठकका औपचारिक एजेण्डाबारे भने हालसम्म सार्वजनिक गरिएको छैन ।
मन्त्रिपरिषद् बैठकबाट विभिन्न नीतिगत निर्णय, नियुक्ति तथा प्रशासनिक विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















