images
images
  • खाडीका अमेरिकी सैन्य बेसमा इजरायली ड्रोन र मिसाइलको वर्षा

    तेहरान– अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ ।

    अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिशोधस्वरूप इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको दाबी गरेको छ ।

    अमेरिकी केन्द्रीय सैन्य कमाण्डले आत्मरक्षाका लागि इरानका सैन्य संरचनामाथि आक्रमण जारी राखिएको जनाएको छ ।

    त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अखडा तथा होर्मुज जलडमरूमध्य क्षेत्रमा रहेका तेल बोक्ने जहाजहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ ।

    तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब दुई प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ९५ अमेरिकी डलर नाघेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा कारबाहीको चेतावनी दिएका छन् भने इरानी राष्ट्रपति मसूद पेजेस्कियानले कुनै पनि दबाब वा धम्कीको सामना गर्न तयार रहेको बताएका छन् ।

    बढ्दो तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गम्भीर चिन्ता व्यक्त गर्दै मध्यपूर्व अझ गहिरो संकटतर्फ धकेलिएको बताएका छन् ।

    उनले सबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images