images
images
  • गृहमन्त्रीको पक्राउको सूचीमा प्रचण्डका छोरी–ज्वाइँ र ओलीको साला

    काठमाडौं– पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसहित परिवारका केही सदस्यहरू चीन भ्रमणका लागि भिसा लिएको सूचनापछि सुरक्षा निकायले उनीहरूको गतिविधिमाथि निगरानी बढाएको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार गंगासँगै स्मिता, जीवन आचार्यलगायत व्यक्तिहरू र केही व्यवसायीहरूमाथि पनि निगरानी बढाइएको हो ।

    उनीहरूबीच चीनमा सम्पत्ति खरिद, कम्पनी दर्ता र व्यावसायिक सम्बन्धबारे समेत प्रारम्भिक छानबिन भइरहेको दाबी गरिएको छ ।

    मरिण क्षेत्रमा प्रस्तावित चिनियाँ लगानीको भैँसी मासु प्रशोधन परियोजनासँग प्रचण्ड परिवारको नाम जोडिएपछि सो लगानी र सम्पत्तिको स्रोतबारे प्रश्न उठिरहेको स्रोतहरूको भनाइ छ ।

    परियोजनाको अनुमानित लागत करिब २७ अर्ब रुपैयाँ रहेको बताइएको छ ।

    योसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीका साला राजेश बज्राचार्य पनि पक्राउको सूचीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images