काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको लिखित प्रस्ताव परराष्ट्रमन्त्रीले पढ्ने विपक्षी दलको प्रस्ताव अस्वीकार गरेको छ ।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसक्ने भन्दै उनको हस्ताक्षर भएको लिखित जवाफ कुनै पनि मन्त्रीले पढ्न सक्ने प्रस्ताव गरिएको थियो ।
तर रास्वपा सभापति रवि लामिछानेले उक्त प्रस्ताव अस्वीकार गर्दै परराष्ट्रमन्त्रीले आफ्नो ढंगले प्रस्तुत गर्ने भएकाले स्वीकार्य नहुने बताएका थिए ।
बैठकमा नेपाली कांग्रेस लचक देखिए पनि नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राप्रपा भने आफ्नो अडानमा कायम रहेका छन्।
प्रतिक्रिया दिनुहोस्






















