images
images
  • प्रम बालेन चुपचाप बनेपछि विपक्षीसँग छलफलमा जुटे रवि

    काठमाडौं– संसद्‍ अवरोध खुलाउने विषयमा विपक्षीसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन् ।

    बैठक संसद्को कार्यव्यवस्था महाशाखामा जारी छ, जहाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेता र प्रमुख सचेतकहरूको सहभागिता रहेको छ ।

    प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

    बैठकमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेकपाका वर्षमान पुनलगायत नेताहरू सहभागी छन् ।

    यसअघि २५ जेठमा पनि लामिछानेले सरकारका कामकारबाही र प्रधानमन्त्रीको भारत भ्रमणबारे विपक्षी दलहरूसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images