images
images
  • इरानी मिसाइल आक्रमणमा बहराइन, कुवेत र जोर्डनका अमेरिकी सैन्य बेस ध्वस्त

    काठमाडौं– अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानी बन्दरगाह र टापुहरूमा गरेको आक्रमणपछि इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य आधारहरूमा जवाफी हमला गरेको दाबी गरेको छ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का अनुसार ड्रोन र मिसाइलमार्फत २१ अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरिएको छ, जसमध्ये चार संरचना पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरिएको छ ।

    जोर्डनस्थित अमेरिकी एफ–३५ लडाकु विमानको ह्याङ्गर तथा एक एमक्यू–९ ड्रोन नष्ट गरिएको इरानको भनाइ छ ।

    यो तनाव अमेरिकी अपाचे हेलिकप्टर खसालिएको घटनापछि चुलिएको हो ।

    त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले इरानी क्षेत्रहरूमा आक्रमण गरेको थियो ।

    इरानले आफ्नो सैन्य दस्तालाई थप कारबाहीका लागि तयारी अवस्थामा राखिएको चेतावनी दिएको छ ।

    यता जोर्डनले इरानबाट प्रहार गरिएका पाँच मिसाइल आकाशमै निष्क्रिय पारिएको दाबी गरेको छ भने बहराइन र कुवेतका अमेरिकी सैन्य क्षेत्रमा हवाई हमलाको साइरन बजाइएको थियो ।

    घटनाबारे अमेरिकाले हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images