images
images
  • गृहमन्त्री सुधन र नवप्रवर्तनमन्त्री महावीरले लिए शपथ

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई नवप्रवर्तन, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन् ।

    नवनियुक्त मन्त्रीद्वयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    शपथ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको थियो ।

    गोरखा–१ बाट निर्वाचित रास्वपाका सांसद गुरुङ यसअघि पनि गृहमन्त्री थिए ।

    सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए ।

    सरकारी छानबिन समितिबाट सफाइ पाएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन् ।

    म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।

    फागुन २१ को निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images