काठमाडौं– चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले सभापति रवि लामिछानेलाई भ्रमणका उपलब्धि र छलफलबारे जानकारी गराएको छ । महामन्त्री विपिन आचार्य नेतृत्वको २० सदस्यीय टोलीले पार्टी कार्यालय घण्टीघरमा लामिछानेलाई भेटेर चीन भ्रमणबारे ब्रिफिङ गरेको हो ।
नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङ भ्रमणमा गएको टोली बिहीबार नेपाल फर्किएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसहित विभिन्न तहका नेताहरूसँग राजनीतिक संवाद भएको आचार्यले जानकारी गराएका थिए ।
दुई पार्टीबीचको सम्बन्ध, राजनीतिक विश्वास, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्यका विषयमा छलफल भएको थियो । त्यस्तै, चीनमा उद्योग–व्यवसायको अवलोकन तथा विपद् व्यवस्थापनसम्बन्धी तयारी र रणनीतिबारे भएका छलफलका विषयमा पनि उनले जानकारी गराएका थिए ।
भ्रमणका क्रममा सिकेका विषयलाई पार्टीभित्र र देश विकासमा कार्यान्वयन गर्न सभापति लामिछानेले टोलीलाई निर्देशन दिएका छन् ।






















