काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा जेन्जी शहीदको सम्मानमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले ५ मिनेट मौनधारण गराएपछि सभामुखले त्यसप्रति आपत्ति जनाएका छन् ।
विपक्षी सांसदहरूले मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षीको उक्त कदमलाई सभाको अपमानको रूपमा व्याख्या गरे ।
उनले बैठक आफूले सञ्चालन गरिरहेको अवस्थामा सांसदहरूले आफ्नै तरिकाले समय तोकेर मौनधारण गराउनु उचित नभएको बताए ।
सभामुखले भने, ‘सभा सञ्चालन भइरहेका बेला सदस्यहरूले आफ्नै विवेकअनुसार समय तोकेर गरिएको यस्तो गतिविधिले सभाको मर्यादामा असर पारेको छ । यसबारे म ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस्






















