काठमाडौं– म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने लगभग निश्चित भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
तर पुनले भने यसबारे आफूलाई कुनै जानकारी नआएको र कसैले पनि सम्पर्क नगरेको प्रतिक्रिया दिएका छन् ।
सरकारले बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पूँजीगत खर्चको १ प्रतिशत छुट्याएको छ ।
यसअघि पनि पुनले यही क्षेत्रका लागि बजेट वृद्धि गर्न माग गर्दै आएका थिए ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षामन्त्री थिए ।
प्रतिक्रिया दिनुहोस्






















