images
images
  • परोपकारको आडमा दलीय गुन्डागर्दी चलाउने रेडक्रसको नेतृत्वमा रास्वपाका विशाल भण्डारी

    काठमाडौं– सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।

    दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको हो ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको नेतृत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

    भण्डारी यसअघि नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्षसमेत रहिसकेका छन् ।

    उनी रास्वपा केन्द्रीय सदस्यसमेत रहेका छन् ।

    रेडक्रस परोपकार संस्था भएपनि नेपाललगायत साना, गरिब तथा कम विकसित मुलुकमा राजनीतिक धन्दा चलाउँदै आएको छ ।

    उसले जसको सत्ता हुन्छ उसैलाई नेतृत्व सुम्पिँदै आएको छ ।

    यो निकै विवादास्पद अन्तर्राष्ट्रिय परोपकार संस्था हो ।

    बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन पनि ग्रहण गर्ने निर्णय गरेको छ ।

    यसैगरी विभिन्न जलविद्युत् आयोजनाहरू तल्लो अरुण, लोअर न्यादी खोला, घुन्सा खोला र तादी खोलालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

    त्यस्तै, बैठकले निजामती सेवा सोह्रौं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images