काठमाडौं– एमालेको पुनर्गठन सुझाव कार्यदलको बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मा दिइएको भए पनि गठन भएको १५ दिनपछि पहिलो बैठक बसेको हो ।
कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन गरी सचिवालयमा प्रतिवेदन बुझाउनेछ ।
विधान अधिवेशनदेखि नै उठ्दै आएको नेतृत्व परिवर्तन र पुनर्गठनको माग जेनजी आन्दोलनपछि थप चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्






















