images
images
  • कांग्रेस फुट्ने पक्का, नयाँ पार्टी गठनको गृहकार्यमा देउवापक्ष

    काठमाडौं– नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भइरहेको संवादबाट अपेक्षित नतिजा ननिस्किएपछि संस्थापन पक्षले इतर समूहका अन्य शीर्ष नेताहरूसँग पनि प्रत्यक्ष संवाद थालेको छ ।

    संस्थापनले मंगलबार डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जित सातबुँदे प्रस्ताव पठाएको जनाएको छ ।

    यसअघि १६ जेठमा सभापति गगन थापाले खड्कालाई सो प्रस्ताव बुझाएका थिए ।

    उपसभापति विश्वप्रकाश शर्माले २२ जेठमा खड्कासँग लामो छलफल गरेका थिए भने त्यसपछि प्रस्तावमा थप संशोधन गरिएको थियो ।

    तर खड्काले सभापति थापासँग लामो समयदेखि संवाद नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि संस्थापन पक्ष असन्तुष्ट बनेको छ ।

    उता, इतर समूहले जेठ मसान्तभित्र विवाद समाधान नभए देशव्यापी भेला आयोजना गर्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

    संस्थापन इतर नेताहरू अब थप समय लम्ब्याउन नहुने निष्कर्षमा पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images