images
images
  • सांसदका लागि स्वकीय सचिव ब्युँत्याउन सभामुख नै अग्रसर

    काठमाडौं– सभामुखहरूको सम्मेलनले सांसदलाई स्वकीय सचिव सुविधा फर्काउन पहल गर्ने संकेत गरेको छ ।

    सुदूरपश्चिमको टीकापुरमा सम्पन्न अन्तर व्यवस्थापिका मञ्चको ११औँ सम्मेलनले जारी गरेको ८ बुँदे सन्देशपत्रमा सांसदहरूको कार्यक्षमता र संसदीय गतिविधि प्रभावकारी बनाउन आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने उल्लेख गरिएको छ ।

    सरकारले खर्च कटौती र मितव्ययिताको नीति अन्तर्गत यसअघि संघीय संसद् र प्रदेश सभा सदस्यहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।

    तर, सभामुख तथा उपसभामुखहरूको सम्मेलनले उक्त व्यवस्था पुनःस्थापनाका लागि पहल गर्ने संकेत गरेपछि सांसदहरूलाई स्वकीय सचिव सुविधा फर्किने चर्चा सुरु भएको छ ।

    Samsad Swokiya Sachib Antar

    प्रतिक्रिया दिनुहोस्
    images
    images